बीवाइडीद्वारा ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन

बीवाइडीद्वारा ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता बीवाइडीले ऐतिहासिक उदाहरण बनाउँदै आफ्ना ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ। यस रेकर्डले बिद्युतीय सवारी उद्योगको विकासमा बीवाइडीको प्रतिबद्धताको निरन्तरता देखाउँछ।

बीवाइडीले न्यू इनर्जी भेहिकलको उत्पादन, मात्रै तिन महिनामै ५० लाखदेखि ६०लाख पुर्‍याउँदै द्रुतगतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको हो। बीएओ ५ को ६० लाख उत्पादन उपलब्धिको खुसी प्रतिनिधि कर्मचारीहरूले एक आपसमा बाँडेका थिए ।

अक्टोबरमा मात्रै बीवाइडीले तीन लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हासिल गरेको थियो। कम्पनीले प्रबिधिमा अग्रणी स्थान लिँदै बीवाइडीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको छ, जसले उपभक्तहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न सक्नेछ।

२०१०बाटै, बीवाइडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरूको बिद्युतीयकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ । बीवाइडीको बिद्युत् सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दा बढी देशको ४०० भन्दा बढीशहरहरूमा सञ्चालनमा छन्।

विश्वमा पहिचान बढाउँदै, न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाइडीले आफ्नो पहुँच बढाएको छ।हाल, बीवाइडले ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरी, जम्माजम्मी दुई लाख भन्दा बढी गाडीहरू बिक्री गरिसकेको छ।

न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशहरुमा महत्त्वपूर्ण जीत पनि हासिल गरिसकेको छ।