१ लाख ५० हजार घुससहित पक्राउ परेकी लेखा अधिकृत महत भ्रष्टाचार मुद्दामा दोषी ठहर

१ लाख ५० हजार घुससहित पक्राउ परेकी लेखा अधिकृत महत भ्रष्टाचार मुद्दामा दोषी ठहर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत पनेरु महत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार अधिकृत महतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

महतलाई विशेष अदालतले ६ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।उनलाई अख्तियारको टोलीले २०७९ वैशाख ११ गते सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो।

बुवाको नामको जग्गा दाखिला खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट उक्त घुस लिइसकेपछि पनेरुलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो।