बद्री सापकोटा र संगम लामिछानेको स्वरमा रहेको गीत ‘ए गौरी’ सार्वजनिक

बद्री सापकोटा र संगम लामिछानेको स्वरमा रहेको गीत ‘ए गौरी’ सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गीतमा विनोद बाजुरालीको संगित संयोज रहेको छ ।

त्यसैगरी, चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारी, रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको उक्त गीत संगम लामिछाने युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्।

रामेछाप जिल्ला स्थायी .घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन् । काठ क्षेत्रमात्र नभएर पश्चिमि गीतसम्म गाउन खप्पिस गायिका लामिछानेले यसपाली भने पश्चिमि गीत बजारमा ल्याएकी हुन् । बहुचर्चित गीत बस बस पियारीका संकलक तथा गायक बद्री सापकोटासँगको सहकार्यमा झ्याउरे गीत ए गौरि गायिका संगम लामिछानेले सार्वजनिक गरेकि हुन्।