विमानस्थलका अध्यागमन प्रमुख हमाल प्रहरीबाटै कुटिए

विमानस्थलका अध्यागमन प्रमुख हमाल प्रहरीबाटै कुटिए

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल प्रहरीबाट कुटिएका छन्। त्रिवि विमानस्थल प्रहरीले आज हमालसहित अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको स्रोतले बताएको छ।

आन्तरीक स्रोतका अनुसार भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ। अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीले आरोप लगाएको छ।

स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए। यस सम्बन्धमा विवरण आउन र पुष्टी हुन बाँकी छ।