बजार अनुगमनलाई सशक्त बनाउन उपमेयर डंगोलको निर्देशन


काठमाडौं । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन् ।

बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएको थियो ।

यसरी पठाइएको नमूनामा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको प्रतिवेदन प्राप्त भएपछि उपप्रमुख डंगोलले, बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिएकी हुन् । उनले अभिभावकहरुलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस