उर्लाबारीमा भेटिएको हिउँ चितुवा सदर चिडियाखानामा

उर्लाबारीमा भेटिएको हिउँ चितुवा सदर चिडियाखानामा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत बुधबार मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडियाखानामा ल्याइएको छ । उक्त चितुवा आज (शुक्रबार) सदर चिडियाखाना जावलाखेलमा ल्याइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलनमार्फत मोरङमा भेटिएको उक्त हिउँ चितुवा उद्धार गरी सदर चिडियाखानामा ल्याइएको जानकारी गराएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा।सिन्धु ढुङ्गानाले उर्लाबारी क्षेत्रमा हिउँ चितुवा भेटिनु अस्वभविक भएको बताए ।