कङ्गोमा बम विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु


कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी गोलाबारी प्रहार गरी गरेको आक्रमणमा १९ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको बताइएको छ ।

अधिकारीहरूले उक्त आक्रमणलाई आतङ्कवादी कार्य र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन मानेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ मा पूर्वी कङ्गोमा उच्च स्तरको हिंसा र विस्थापनका कारण मानवीय सङ्कट अझै बिग्रिएको छ ।

सन् २०२१ को अन्त्यमा पुनःरुत्थान भएको विद्रोही समूहले द्वन्द्व र मानवीय सङ्कट निम्त्याएको छ र कङ्गोको भूमिमा प्रमुख किल्लाहरू कब्जा गरेको छ । यसैबीच, गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले बिहीबार देशभरका बाढी पीडितहरूका लागि लगभग ३६ लाख अमेरिकी डलर परिचालन गरेका छन् ।

विपद् राहत कोष कङ्गोमा संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूका संयोजक क्रिस एमबुरुले सामाजिक मामिला, एकता तथा मानवीयकार्यमन्त्री इरेन मेरी सिसिल एमबुकोउ–किम्बाट्सालाई हस्तान्तरण गरेका थिए ।

लिकौला, प्लेटक्स, क्युभेट र पुल गरी चारवटा विभागहरूका लागि बनाइएको कोषले स्थानीय सरकारलाई पानी, सरसफाई, स्वास्थ्य र खाद्य सुरक्षाको समस्या सामना गर्न सक्षम बनाउनेछ ।

कङ्गोमा संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले बाढी पीडितहरूका लागि आपतकालीन मानवीय प्रतिक्रियामा सरकारलाई सहयोग गर्न ३६ लाख जारी गरेको एमबुरूले बताए । राष्ट्रव्यापी भारी वर्षाका कारण आएको बाढीबाट कम्तीमा २३ जनाको मृत्यु भएको सरकारी प्रवक्ता थिएरी मोङ्गाल्लाले बताएइक छन् ।

बाढीका कारण कूल तीन लाख ३६ हजार ५६० जना मानिस प्रभावित भएका थिए । तीमध्ये छ हजार १७८ जना विस्थापित भएका थिए । बाढीले प्रभावित क्षेत्रका २६ वटा स्वास्थ्य केन्द्र १२० वटा विद्यालय र करिब ६४ हजार घरहरूमा पुर्ण रुपमा क्षति पु¥याएको छ । रासस

प्रतिक्रिया दिनुहोस