लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा प्रारम्भ


काठमाडौं । लक्ष्मी सनराइज बैंकले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्जएनएक्सटी’ को सुरुवात गरेको छ ।

बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्जएनएक्सटी’ को सुरुवात गरेको हो ।

एफवानसफ्ट अन्तर्गतको फोनएनएक्सटी सँगको सहकार्यमा सुरू गरिएको ‘ओरेन्जएनएक्सटी’ सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखि मुद्दती खाता, गोलबेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्जएनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले ओरेन्जएनएक्सटीको विकास गरिएको फोनएनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेले बताए ।

प्रतिक्रिया दिनुहोस