प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखमा सन्तोष प्रसाईं नियुक्त


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त कार्यकारी प्रमुख (सीईओ) मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । हाल वरिष्ठ नायव सीईओका रुपमा कार्यरत प्रसाईंलाई आगामी माघ १६ गतेदेखि निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने गरी नियुक्ति दिइएको हो । प्रसाईँ साविकको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ हुन् ।

प्रभु महालक्ष्मीका सीईओ रमेशकुमार भट्टराईले राजीनामा दिएका छन् । गत माघ १० गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा आगामी फागुन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरिसकेको छ । भट्टराई आगामी माघ १६ गतेदेखि विदामा बस्ने भएकाले प्रसाईंलाई सोही मितिदेखि लागू हुने गरी निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस