मधेश बन्दका क्रममा पक्राउ परेर रिहा भएका नेता तथा कार्यकर्तालाई आजपा अध्यक्ष साहले गरे सम्मान

मधेश बन्दका क्रममा पक्राउ परेर रिहा भएका नेता तथा कार्यकर्तालाई आजपा अध्यक्ष साहले गरे सम्मान

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश बन्दका क्रममा पक्राउ परेर रिहा भएका नेता तथा कार्यकर्तालाई सम्मान गरेका छन् । मधेश बन्दका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरी बन्द सफल पार्न र बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुलाई न्याय दिलाउन मजवुद आधार तयार गरेको निश्कर्षसहित अध्यक्ष साहले रिहा भएका नेता तथा कार्यकर्तालाई सम्मान गरेका हुन् ।

आजपाले हिजो (माघ ११ गते) मधेश बन्द आह्वान गरेको थियो । पूर्व घोषित मधेश बन्दको अभियानलाई सफल बनाउन निस्किएका आजपाका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मधेश बन्दका क्रममा पार्टी उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ, सचिव समिना हुसैन, इन्चार्ज त्रिभुवन साह, आम मुस्लिम मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुर, विद्यार्थी मोर्चाको इन्चार्ज सरोज बछाड, महिला मोर्चाकी अध्यक्ष कुमारी बबिता, इन्चार्ज सिमल साह, सांस्कृतिक मोर्चाका इन्चार्ज विजय यादव, जनजाति मोर्चाको अध्यक्ष पासाङ तामाङ, केन्द्रीय सदस्य राजेश साह, बिजय साह, आईटी आर्मीका उपाध्यक्ष निवेश यादव, रामशरण यादव, दीपलाल यादव, आमिन्द्र, रामसागर लगायतका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए ।

हिजोको मधेश बन्दले बैंक पीडितहरुलाई न्याय दिलाउन मजबूत आधार तयार गरेको आजपा अध्यक्ष साहको निष्कर्ष छ ।