रेसुङ्गामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु

रेसुङ्गामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नगरपालिकाले स्थानीय तहस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो।

पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले अनुशासनलाई ख्याल गरेर प्रतियोगितामा सञ्चालन हुने खेलमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। खेलले विद्यार्थीलाई अनुशान र निडर बनाउन सहयोग पुर्‍याउने प्रमुख खत्रीले बताउनुभयो।

खेलकुद र यसको विकासका लागि नगरपालिका लागि परेको उपप्रमुख अमृतादेवी कुँवरले बताउनुभयो। खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खेलले व्यक्तिलाई अनुशासित बनाउने बताउनुभयो। उहाँले समुन्नत राष्ट्र निर्माणका लागि खेलकुदको अहम भूमिका हुने बताउनुभयो। रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले प्रतियोगिता मर्यादित हुनुपर्ने बताउनुभयो।

शुक्रबारदेखि सुरु भएर १४ गते सम्पन्न हुने प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न १२ विद्यालयको सहभागीता रहेको छ। चिदिचौर खेल मैदानमा विभिन्न २४ विधाका प्रतियोगितात्मक खेल सञ्चालन हुने कार्यक्रम संयोजक गणेश अधिकारीले बताउनुभयो। gorkhapatra