भाइरल प्रभावित मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग

भाइरल प्रभावित मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल विद्यार्थी संघले मुगुमा भाइरल ज्वरोले बिरामी परेकाहरूको उपचारका लागि डाक्टरसहित टोली पठाउन माग गरेको छ।

मुगुको सोरू गाउँपालिकामा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भइसकेको कयौं बिरामी रहेको भन्दै नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सक टोली पठाउन आग्रह गरेको हो। समन्वयको अभावले समयमै सेवा पुग्न नसक्नु र संविधान प्रद्धत निशुल्क स्वाथ्य सेवाको सुविधा जनतालाई दिन नसक्नु सरकारको गम्भीर लापरवाहि रहेको नेपाल विद्यार्थी संघले जनाएको छ।

तत्काल विशेषज्ञ डाक्टर सहितको टिम बनाइ सोरु गाउँपालिकाका गाउँहरुमा आवश्यक पर्ने औषधिको व्यवस्था गर्न समेत संघले माग गरेको छ।