सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त


सयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) हिंसाबाट गोमा तथा वरपर शरण लिइरहेका पाँच लाखभन्दा बढी विस्थापित व्यक्तिहरूको सुरक्षाका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गोमा र वरपर विस्थापित मानिसहरूले सामना गर्ने अनिश्चित अवस्था र बढ्दो खतराहरूले चिन्ता बढाएको बताएको छ ।

उत्तरी किएभको मासिसी र रूत्सुरू क्षेत्रमा कङ्गोली सेना र सशस्त्र समूहबीचको झडपबाट भागेर पाँच लाखभन्दा बढी मानिसहरू वरपरका स्थानमा विस्थापितका रूपमा रहेको ओसिएचएले जनाएको छ । गत मार्चको सुरुदेखि गोमालगायतका स्थानमा गोलाबारी र आकस्मिक विस्फोटका घटनामा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

पूर्णरूपमा विस्थापित मानिसहरूलाई बढ्दो जोखिममा पार्दै शिविरभित्र हतियारको उपस्थिति प्रयोगसमेत बढेको ओसिएचएले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस