काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले सोमबार आफ्नो ३२औँ बैंक दिवस मनाएको छ। यस अवसरमा बैंकले शपथ ग्रहण समारोह आयोजना गर्यो, जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धताका लागि शपथ लिए।
समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकका उपलब्धिहरूमाथि प्रकाश पारे। उनले वित्तीय सेवाहरूमा बैंकको नेतृत्वदायी र अग्रगामी भूमिका लाई कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए।
त्यसैगरी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याउने सबै कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे र आगामी वर्षहरूमा पनि सोही योगदान जारी राख्न अनुरोध गरे। प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पाण्डा ले सबै सरोकारवालाहरूलाई कृतज्ञता व्यक्त गर्दै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।
यस अवसरमा बैंकले कमलादीमा रहेको कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम पनि आयोजना गर्यो। यसका साथै भैरहवा, रुपन्देहीमा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो।



प्रतिक्रिया