ह.त्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको ह.त्या भएको छ । धारिलो ह.तियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो…