काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । कामपाको ७१ औँ कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार कोष सञ्चालनका लागि कामपाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यसहित…