बैतडी, ६ मङ्सिर (रासस) : बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको…