रुपन्देही, ५ मङ्सिर (रासस) ः रुपन्देहीको रोहिणी गाउँपालिकाका रामपलट पासी बेपत्ता भएको १८ वर्ष भयो । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता दाइको अवस्था सार्वजनिक गर्न माग गर्दै उहाँका भाइ बुधु पासी कहिले सरकारी निकाय त कहिले प्रहरी प्रशासनमा धाइरहनुभएको छ । विसं २०५९ मा रुपन्देहीको साबिक वोदवार गाविस–३ (हाल रोहिणी गापा–५) बुची निवासी लौटु भनिने पासीलाई…