निजी क्षेत्रलाई कर्णालीमा लगानी गर्न मुख्यमन्त्री शाहीको आग्रह

मुख्यमन्त्री जीवनबहादुर शाहीले निजी क्षेत्रको सहयोगबिना प्रदेशको विकास सम्भव नभएको भन्दै कर्णालीमा लगानी गर्न आग्रह गर्नुभएको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले कर्णाली लगानीका लागि उपयुक्त स्थान भएको बताउनुभयो ।  मुख्यमन्त्री शाहीले जलविद्युत्, जडीबुटी, खानी र कृषिजन्य क्षेत्र लगानी निजी क्षेत्रलाई आह्वान गर्नुभयो । “यहाँ लगानीका लागि प्रचुर सम्भावना…