जनसङ्ख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छः अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताउनुभएको छ । जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा आज सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ ।” अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला,…