मिथिलामा छठकै बीच प्रेम र समर्पणको अर्को पर्व ‘सामा’ सुरु

महोत्तरी, २३ कात्तिक (रासस) : मिथिलामा छठ पर्वकै बीच दाजुभाइ दिदीबहिनीबीचको अगाध स्नेह र समर्पणको प्रतीक मानिने ‘सामा–चकेवा’ पर्व सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ को दिन नै ‘सामाचकेवा’ आज सुरु भएको हो । महोत्तरीसहितका मिथिला क्षेत्रमा बोलीचालीमा ‘सामा’ भनिने रमाइलो खेलको यो पर्व कात्तिक पूर्णिमासम्म मनाइन्छ । दश दिनसम्म…