रम्भा गाउँपालिकाद्वारा शिक्षकको दुर्घटना बीमा

पाल्पाको रम्भा गाउँपालिकाले शिक्षक र कर्मचारीको दुर्घटना बीमा गरेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत ४५० शिक्षक र कर्मचारीको निःशुल्क दुर्घटना बीमा गरिएको हो ।  गाउँपालिकाले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी बीमा गरेको हो । पालिकाका ३७ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको बीमा गरिएको हो । एक वर्षका लागि गरिएको उक्त सम्झौता अनुसार…