पृथ्वी राजमार्ग आसपासका रूख काट्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ । पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख काट्नुपर्ने छ…