साहित्य समाजको दर्पण हो ः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलकोरुपमा काम गरिरहेको बताउनुभएको छ । पत्रकार एवम् साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “शनैः शनैः यात्रामा”को लोकार्पण समारोहमा उहाँले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीकारुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “सहित्य विधा राजनीति भन्दा नितान्त भिन्न…