टीकापुर, ५ कात्तिक (रासस) : यही कात्तिक १ गतेदेखि आएको अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीले कैलालीको पूर्वी भेगमा ठूलो क्षति पु¥याएको छ । कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण हजारौँ नागरिक विद्यालय तथा उच्च ठाउँका घरमा आश्रय लिएर बस्न…