वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री शाक्यद्वारा आफ्नो पक्षमा मत दिन आग्रह

वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १८८ को उपधार २ बमोजिम विश्वासको मत लिने कार्यसम्बन्धी विषयमा लिखित वक्तव्य प्रस्तुत गर्दै संसद्मा रहेका सबै दललाई आफ्नो पक्षमा मतदान गरिदिन आग्रह गर्नुभएको छ । उहाँले नेकपा एमालेको बहुमतको सरकारले विगत समयमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको निर्माणका साथै कोभिड–१९…