चितवन, २ कात्तिक (रासस) ः मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नुभयो । निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उहाँ चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उहाँले नजिकबाट नियाल्ने अवसर पाउनुभयो । उहाँसँगै उक्त जिपमा रहेका अरुले पनि…