सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको आज निधन भएको छ । देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो । स्व शर्माप्रति कांगे्रसका जिल्ला सभापति तथा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, जिल्ला…