तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले सो सेवाको सोमबार उद्घाटन गर्दै कोरोना महामारीकाबीच सञ्चालनमा आएको यो अस्पतालले ओपिडी सेवा सुरु गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका नागरिक, उद्योगी व्यवसायी र समाजसेवीको सहयोग तथा सहकार्यले उपमहानगरपालिकाले अस्पतालमा भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको छ…