मानेभञ्याङ आम्बोटेमा सुविधा सम्पन्न प्राविधिक शिक्षालय बन्दै

भोजपुर, ११ असोज (रासस) : मानेभञ्याङ आम्बोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय निर्माण भइरहेको छ । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहँुच विस्तार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा यहाँ रु १४ करोड लागतमा शिक्षालय निर्माण गरिएको हो । भण्डारीको जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उहाँका काकाले १८ रोपनी…