कांग्रेस पालिका अधिवेशन : नेतृत्वमा महिला शून्य

आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीन नगरपालिका र पाँच गाउँपालिका छन् । नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन् । हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ ।…