पर्यटक तान्दै राम्चे सामुदायिक वन

रामपुर, ५ असोज (रासस) ः चारैतिर हरियाली वन, उत्तरतर्फ कालीगण्डकी नदी कलकल बहेको दृश्य । झट्ट हेर्दा काठमाडौँ उपत्यकाजस्तो देखिनेगरी सहरीकरणतर्फ उन्मुख रामपुर उपत्यका । त्यसनजिकै बजार भरिँदै गरेको रामपुरको मुख्य मुटु बेझाड बजार । कालीगण्डकी बेँसीको दृश्य एकै नजरमा देख्न सकिने बेझाड बजारको सिनारमा रहेको राम्चे सामुदायिक वन यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ…