सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन ः अध्यक्ष तिमिल्सेना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताउनुभएको छ । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै उहाँले राउटेका लागि राज्यले बेग्लै नीति बनाउन जरुरी भइसकेको छ भन्नुभयो । “राउटेलाई पैसा र सरसामान दिएरमात्र तिनको जीवनस्तरमा सुधार…