‘जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन गर्दै उहाँले प्रदेशको विकास यहाँका जनताको आर्थिक समृद्धिसँग जोडिएको बताउनुभयो । “कर्णालीवासीलाई आर्थिकरुपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन…