रेडपाण्डा संरक्षणका लागि कुकुरलाई रेबिजविरुद्धको खोप

रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङका ५०० भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । घरपालुवा र सामुदायिक गरी ५८६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको हिमाली संरक्षण मञ्चले जनाएको छ । यही भदौ १४ देखि २४ गतेसम्म आफ्नो कार्य क्षेत्रका ४१४ वटा कुकुर र ३१ वटा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको…