सुन्दा अनौठो लाग्न सक्छ, पुल भएका अवस्थामा आठ÷१० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका स्थानीयवासी अहिले भने त्यहाँ जान झण्डै एक घण्टा हिँड्नुपर्ने बाध्यतामा छन् । लामो समयदेखि चर्चामा रहेर पनि बन्न नसकेको तल्लो गगनडौडाको बाह्रसय चौतारा क्षेत्रको नवीन टोलबाट मालमूल फाँटको स्यालतहरा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत…