तमुः समाज बेलायतद्वारा नेपालमा कोरोनापीडितलाइ ११ लाख २५ हजार सहयोग

लण्डन, २८ जेठ । बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु पाँच लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई रु तीन लाख…