नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी

कास्की, १२ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो । असी मतभार रहेकामा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गर्नुभयो…