काठमाडौँ, ६ असोज । मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान…