नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक

काठमाडौँ, २ असोज । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघिसारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति बैंकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन लागेको हो । ‘आर्थिक विकासका निम्ति…