काठमाडौँ, २५ असोज । रौतहटका उखु किसानले श्रीराम सुगर मिल्स प्रालिबाट तत्काल पाउनुपर्ने बक्यौता रकम रु ४१ करोड दशैँ पहिले नै पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई आज ज्ञापनपत्र बुझाउँदै उखु उत्पादक सङ्घले हाल कम्पनी बन्द रहेकाले उद्योग पुनः सञ्चालनको माग समेत गरेको…