काठमाडाैं । इंग्ल्याण्डको मेरलीबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली क्रिकेटर आसिफ शेखलाई क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने घोषणा गरेको छ । गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै शेखलाई अवार्ड दिन लागेको एमसीसीले जनाएको छ । उक्त खेलमा आयरल्यान्डका एन्डी…