मच्छिन्द्रको दोस्रो लगातार जित, प्लानिङ ब्वाइज ७–० ले पराजित

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा लगातार दोस्रो जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडलाई ७–० गोलअन्तरले पराजित गरेको हो। यस जितसँगै मच्छिन्द्रले दुई खेलमा ६ अंक जोडेको छ। प्लानिङ ब्वाइझको भने यो प्रतियोगिताको पहिलो हार हो। मच्छिन्द्रको जितमा करण धामी र सुमन बम ठकुरीले समान…