टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन समितिको निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले समितिका सदस्यबाट आएको सल्लाह सुझाव मनन गर्दै टेलिफोन र इन्टरनेट सेवा चाँडोभन्दा चाँडो भरपर्दो बनाउन मन्त्रालयलाई निर्देशन दिनुभएको हो । सो अवसरमा उहाँले निर्माण तथा संशोधनका…