‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्मालाई

काठमाडौं । साङ्गीतिक रियालिटी शो 'हिमालय लोकस्टार'को उपाधि बलराम विश्वकर्माले जित्नुभएको छ । शीर्ष पाँच फाइनालिस्टलाई पछि पार्दै विजेता बनेका विश्वकर्माले १५ लाख रुपियाँ पुरस्कार पाउनुभएको हो । फिनालेसम्म बलरामसहित पीएन साइँला, सन्तोष क्षेत्री, विकास परियार, किरण बिसी र राजेन्द्र घर्तीमगर पुग्नुभएको हाे । यस्तै, लोकस्टारको फर्स्ट रनरअप घोषित हुनुभएका पीएन साइँलाले तीन लाख रुपियाँ…