म्यूजिक खबर, म्यूजिक अवार्ड–२०८० :सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड उमेश लम्साललाई

म्यूजिक खबर, म्यूजिक अवार्ड–२०८० :सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड उमेश लम्साललाई

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। म्यूजिक खबर, म्यूजिक अवार्ड–२०८० अन्तर्गत गीतकार उमेश लम्सालको गीत ‘एक मुठी सास’ ले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत’ को अवार्ड पाएको छ । हालै सम्पन्न ११औं म्यूजिक अवार्ड–२०८० बाट लम्सालको उक्त गीतले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत’ को सम्मान पाएको हो ।

‘एक मुठी सास यो गए पनि जाओस्,
म रहुँ या नरहुँ यो देश रहिरहोस् ’

बोलको गीतमा गीतकार लम्सालको शब्द रहेको छ भने संगीत तथा स्वर हरि लम्सालको रहेको छ । उक्त गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ ।

गीतकार लम्साल पेशाले नेपाल प्रहरीमा कार्यरत छन् । राष्ट्रिय भक्ति भावले ओतप्रोत उनका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।