काठमाडौं । मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच मंगलबार छलफल भएको छ । चलचित्र महासंघका महासचिव तथा निर्देशक अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने, वडामा कम्पनी दर्ता, नगर क्षेत्रका विभिन्न ठाउँमा सहज रुपमा…