म्याग्दीका १५ वडाको मतपरिणाम सार्वजनिक

म्याग्दी, १ जेठ (रासस)। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । छवटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई वडामा विजयी भएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ । अन्नपूर्ण…