जङ्गली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चूडामणि कँडेलको परिवार बिरामी परेको हो । उनीहरु अर्धचेतावस्थामा रहेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ । बुधबार साँझ गाउँकै एक वृृद्धले दिएको साग खाएका उनीहरु रातिदेखि नै बिरामी परेपछि बिहीबार…