पैँतीस परिवार बसोबास रहेको कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरवासीले व्यावसायिकरूपमा बेसार खेती गरेर आम्दानी गर्दै आएका छन् । भौगोलिकरूपले निकै विकट र दलित तथा आर्थिकरूपले विपन्न कुतियाकवरवासीले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि गरिएको बन्दका कारण बेसार बिक्री वितरणमा समस्या भइरहेको दुःखेसो पोखेका छन् । भारतसित सिमाना जोडिएको उक्त गाउँमा स्थानीयवासीले अन्नबाली भन्दा पनि बेसार खेतीलाई नै अँगाल्दै…